News Portal

  • नेपाल फोटो पत्रकार महासंघको दोस्रो महाधिबेशन सम्पन्न

    आर्थीकसंसार संवाददाता२६ असोज, २०७९
    ८०२ पटक
    २६ असोज, २०७९

    काठमाडौं । चितवनको सुप्रसिद्ध पर्यटकीय नगरी सौराहामा यहि भदौ २९(३१ गते सम्पन्न भएको नेपाल फोटो पत्रकार महासंघको दोस्रो महाधिबेशनले हरि रेग्मीक अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति निर्बिरोध निर्बाचित गरेको छ । जसमा बरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठ, उपाध्यक्ष दिपक ज्ञवाली , महासचिव नरेश श्रेष्ठ , सचिवहरु हरिहरसिंह राठौर, कोमल चन्द्र भगत, गजेन्द्र राई, निश्चल चापागाई, भरत ढकाल, बिशाल सुनार, प्रभात कुमार झा, सौरभ यादब , बाबुराम भण्डारी , बिबेक नागरी, कोषाध्यक्ष किरण पन्थ , सदस्यहरु राजेश पराजुली , विजय चौहान, प्रविन बराल, दिपक गुरुङ, ताराचन्द्र बर्मा, सुरेश आचार्य, बिरेन्द्र शाह, बद्रीप्रसाद अर्याल, चित्रकुमार कार्की, अच्युतम सापकोटा रहनु भएको छ ।
    प्रमुख अतिथि बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मंत्री कृष्णप्रसाद शर्मा खनालले क्यामेराले फोटो खिची उद्घाटन गरेको सो महाधिबेशनको अबसरमा फोटोपत्रकारिता नामक स्मारिका पनि बिमोचन गरिएको थियो । ७० जिल्लाबाट सहभागी फोटोपत्रकारको तीन दिने भेला र उनीहरुले खिचेका फोटोरफ़ुटेजलगायत संचार सामग्रीले सौराहाको पर्यटन प्रबर्धनमा सहयोग पुग्ने स्थानीय पर्यटन व्यवसायीले बताएका छन् ।


    (फोटो : नरेश श्रेष्ठ)

    प्रतिकृया दिनुहोस्