काठमाडौं । नेपालको नम्बर एक स्मार्ट फोन ब्रान्ड शाओमीले चाडपर्वको अवसर पारेर सिमित अवधिको लागि आफ्नो मोबाइल सेटहरुमा उल्लेखनीय रुपमा मूल्य छुट गरेको छ । चाडपर्वको शुभ अवसर पारेर आफ्ना उपभोक्ताहरुको लागि यो तिहार विशेष योजना ल्याइएको कम्पनीले जनाएको छ ।
यस बारेमा बोल्दै शाओमी नेपालका कन्ट्रि जेनेरल म्यानेजर अमितकुमार पंडाले भन्नुभयो, “नेपालीहरुको महान चाड तिहार नजिकिँदै गर्दा यस चाडपर्वकोे शुभ उपलक्ष्यमा हाम्रा उपभोक्ताहरुको लागि साबिक भन्दा कम मूल्यमा मोबाइल फोन उपलब्ध गराउन गइरहेका छौं । आशा छ यस अफरसँगै यहाँहरुको चाडपर्वको माहोल अझै रोमान्चक बन्ने छ ।”
यो अफर अन्तर्गत उपभोक्ताहरुले रेडमी नोट ११ सिरिजमा रु. १०००, शाओमी १२ सिरिजमा रु. ३००० र भर्खरै लन्च गरिएको POCO M5 मा रु. ५०० सम्म को कम मुल्यमा मोबाइल सेट खरिद गर्न सक्नेछन् । सिमित अवधिको लागि मान्य यो अफर असोज २४ गते देखि कार्तिक १४ गते सम्म लागु हुनेछ ।
अब ढिलो नगरी आजै आफुलाई मनपर्ने शाओमीको स्मार्टफोन लिई हाल्नुहोस् ।