News Portal

  • लोपोन्मुख समुदायकी बिमला हायुले जन्मदिनको अवसरमा आमालाई दिइन् बीमा पोलिसी उपहार

    आर्थीकसंसार संवाददाता१५ असोज, २०७९
    ४८१ पटक
    १५ असोज, २०७९

    काठमाडौं । लोपोन्मुख समुदायकी बीमला हायुले आमाको जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार दिएकी छिन् । छोरी बिमला हायुले आज आमा नेक कुमारी हायुलाई नेपाल लाइफको जीवन ज्योति बीमा पोलिसी उपहार दिएकी हुन् ।
    नेपालको लोपोन्मुख समुदायकी बीमलाले जन्मोत्सवको अवसरमा बीमा पोलिसी उपहार दिएर उदाहरणीय काम गरेको नेपाल लाइफ भकुण्डेबसी शाखा कार्यालयका प्रमुख सुमन दाहालले बताए । उनको यस्तो कार्यले हायु समुदायमै बीमा प्रतिको बुझाइमा टेवा पुर्याउने दाहालको भनाइ छ । यो समुदायिमा जीवन बीमाको पहुँच यतिसम्म पुग्नु भनेको धेरै राम्रो कुरा भएको उनले बताए ।
    बीमलाले २० हजार १९७ रुपैयाँ प्रथम बीमा शुल्क भुक्तानी गरेकी छिन् । बिमला हायु नेपाल लाइफ इन्स्योरेन्स भकुण्डेबेशी शाखामा अभिकर्ता को रुपमा काम गर्दै आएकी छिन् । उनले आफ्नो परिवारका सम्पुर्ण सदश्यको बीमा गराएकी छिन् ।

    प्रतिकृया दिनुहोस्