News Portal

  • सिभिल बैंकको १०२औं एटिएम चितवनको सौराहामा

    आर्थीकसंसार संवाददाता१५ असोज, २०७९
    २५६ पटक
    १५ असोज, २०७९

    काठमाडौं । समृद्धिका लागिसिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले चितवनको सौराहाचोकमा आफ्नो १०२ औं एटिएम संचालनमा ल्याएको छ । उक्त एटिएमको समुद्घघाटन रत्ननगर नगरपालिका वडा नं ६का अध्यक्ष किरण महतो र होटेल व्यसायी संघ सौराहाका अध्यक्ष दीपक प्रसाद भट्टराईले संयुक्त रुपमा गरे ।
    उक्त एटिएमको उद्घाटन समारोहमा प्रमुख अतिथि रत्ननगर नगरपालिकाका वडा नं ६का अध्यक्ष किरण महतो र होटेल व्यसायी संघ सौराहाका अध्यक्ष दीपक प्रसाद भट्टराई लगायतसो क्षेत्रका उद्योगी, व्यवसायी, गन्यमान्यब्यक्तिहरु तथा सर्वसाधरणको उपस्थिति रहेको थियो । अब त्यस क्षेत्रका सेवाग्राहीहरुले बैंकको उक्त एटिएममार्फत आफुलाई आवश्यक पैसा सहज तरिकाले झिक्न सक्नेछन् ।

    करीव आठ लाखग्राहकहरुलाई ११५ शाखाहरुर १३ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकको हाल सम्मयस एटिएमसहित देशका विभिन्न १०२ ठाउँहरुमा एटिएम स्थापित गरि संचालनमा ल्याएको छ ।

    प्रतिकृया दिनुहोस्