News Portal

  • इटहरीमा बेष्ट फाइनान्सको नयाँ शाखा संचालन

    आर्थीकसंसार संवाददाता१३ असोज, २०७९
    २६२ पटक
    १३ असोज, २०७९

    काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले सुनसरी जिल्लाको इटहरी चोकमा आफ्नो १८ औं शाखा संचालनमा ल्याएको छ । इटहरी उद्योग बाणिज्य संघका अध्यक्ष भिम बहादुर पौडेल तथा संस्थाका अध्यक्ष खिमलाल पौडेलले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन् ।
    फाइनान्सले निकट भविष्यमा सुर्खेत र धनगढीमा समेत शाखा संजाल बिस्तार गरी सातै प्रदेशमा आफ्नो उपस्थिति हुने योजना रहेको जनाएको छ । साथै, आउदा दिनहरुमा देशका बिभिन्न स्थानहरुमा आवश्यकता र माग बमोजिम शाखा खोल्दै लगिने संस्थाको लक्ष्य रहेको उल्लेख गरेको छ ।

    प्रतिकृया दिनुहोस्