News Portal

  • महालक्ष्मी विकास बैंकको महाबचत खाता’ संचालनमा

    आर्थीकसंसार संवाददाता१३ असोज, २०७९
    ५४ पटक
    १३ असोज, २०७९

    काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले नयाँ बचत खाता संचालनमा ल्याएको छ । बैंकले उच्चतम ब्याजदर सहितको ‘महालक्ष्मी महाबचत खाता’ संचालनमा ल्याएको हो । बैंकले आफ्ना निक्षेपकर्तालाई थप सेवा सुविधा दिने हेतुले नयाँ बचत खाता ल्याएको हो ।
    बैंकका अुनसार ५ सय रुपैयाँमा खाता खोल्न सकिने छ । यस बचत खातामा मासिक ब्याज भुक्तानी हुनेछ । विगतदेखि नै ग्राहकको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिबद्ध रहिआएको बैंकले आम ग्राहकको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै महालक्ष्मी महा बचत खाता सञ्चालनमा ल्याएको जनाएको छ ।
    यस बचत खातामा बचत खाताहरुमध्ये सबैभन्दा उच्चतम १० प्रतिशत ब्यादर, निःशुल्क एटिएम कार्ड तथा मोबाइल बैकिङ्ग सुविधा प्रदान गर्ने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्