News Portal

  • कृषि विकास बैंकका सीईओ उपाध्याय ‘बैंक तथा वित्तीय विशेष सम्मान’बाट सम्मानित

    आर्थीकसंसार संवाददाता१३ असोज, २०७९
    ४७४ पटक
    १३ असोज, २०७९

    काठमाडौं । कृषि विकास बैंकका सीईओ अनिलकुमार उपाध्याय ‘बैंक तथा वित्तीय विशेष सम्मान’बाट सम्मानित भएका छन् । एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट प्रालिले बैंकर उपाध्यायलाई सो सम्मान प्रदान गरेको हो ।
    उपराष्ट्रपति नन्दबहादुर पुन, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले एक कार्यक्रमका माझ उनलाई सम्मान गरेका थिए ।उपाध्यायले बैंक तथा वित्तीय क्षेत्र मार्फत देशको अर्थतन्त्रलाई समृद्धतर्फ अघि बढाउन खेलेको भूमिकाको प्रशंसा गर्दै उक्त सम्मान प्रदान गरिएको हो ।
    ३० वर्षे बैकिङ करियर सकेर अवकास भएको अढाई वर्षमै बैंकको सीईओ बनेका उपाध्याय एक सफल बैंकर्स भनेर पनि परिचित छन् । वि.स २०४४ सालमा अधिकृतस्तरबाट बैंकिङ करियर शुरु गरेका उपाध्याय अवकासपछि खुला प्रतिस्पर्धाबाट त्यहि बैकको सीईओ बने ।
    बैंकमा उपमहाप्रबन्धक, डेपुटी सीईओ तथा निमित्त प्रमुख कार्यकारी अधिकृत समेतको कार्यभार सम्हालिसकेका उनी कार्यकालको व्यवसायीक योजना र रणनीति सहित २०७५ पुस १० गते सीईओ बनेका हुन् ।

    प्रतिकृया दिनुहोस्