News Portal

  • प्रभु लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता७ असोज, २०७७
    ४६५ पटक
    ७ असोज, २०७७

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको धरान शाखाले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतकको परिवारलाई २० लाख रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको हो । धरान उपमहानगरपालिका–३ का अध्यक्ष आशाकुमार श्रेष्ठ र इन्स्योरेन्सको प्रदेश प्रमुख पुष्कर भट्टराईबाट सयुक्त रूपमा मृतकको श्रीमान् सुरेन्द्र ताम्राकारलाई रकम हस्तान्तरण गरेको हो ।
    मृतक विमित सरस्वती ताम्राकारले २०७५ साल जेष्ठमा २० लाखको बीमा गरेको थियो । कम्पनीले बिमितका श्रीमानलाई कागजात पूरा भएको ३ दिन २१ लाख ६० हजार प्रदान गरिएको धरान शाखाका प्रमुख सन्तोष राईले बताए ।

    प्रतिकृया दिनुहोस्