News Portal

  • शाइन रेसुङ्गाबाट डिजिटल कारोबार गर्दा २० प्रतिशत छुटका साथै उपहार

    आर्थीकसंसार संवाददाता१२ असोज, २०७९
    ३०८ पटक
    १२ असोज, २०७९

    काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै विभिन्न अफरहरु ल्याएको छ ।
    बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न “नगद छोडौं डिजिटल रोजौं” भन्ने नारालाई आत्मसाथ गर्दै डिजिटल कारोबार अन्तर्गत एनसेल र एनटिसीबाट गरिने हरेक टपअप कारोबारमा ५ प्रतिशत सम्म छुटको व्यवस्था गरेको छ ।
    त्यसैगरी, बैंकले इसेवा वालेटमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको खाता लिंक गरी रकमान्तर गर्ने ग्राहक मध्य एक जना भाग्यशाली ग्राहकले हवावे अनर प्याढ एक्स८ प्राप्त गर्न सक्ने जानकारी समेत दिएको छ ।
    बैंकले हालै मात्र फोकसवान पेमेण्ट सोल्युसनद्वारा सञ्चालित मोको डिजिटल वालेटसँग आवद्ध भई भिसा कार्ड मार्फत डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता गरेको छ । यस सम्झाैता अनुसार शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका ग्राहकहरूले मोको डिजिटल वालेटमा डेबिट भिसा कार्ड लिंक गरी भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २०० सम्मको छुट प्राप्त गर्नसक्नेछन् । यो छुट पहिलो २०० जना ग्राहकहरुले पहिलो पटक कारोबार गर्दा प्राप्त गर्नछन् ।
    शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले हाल ५ वटा प्रदेशमा ८४ वटा शाखा कार्यालय, १ वटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम नेटवर्क मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

     

    प्रतिकृया दिनुहोस्