News Portal

  • एभरेष्ट बैंकको बिर्तामोड शाखा नयाँ स्थानामा

    आर्थीकसंसार संवाददाता१२ असोज, २०७९
    २३७ पटक
    १२ असोज, २०७९

    काठमाडौं । एभरेष्ट बैंकको बिर्तामोड शाखा नयाँ स्थानमा सरेको छ । पहिला बिर्तामोड नगरपालिका वडा नं। ५ शनिश्चरे रोडमा रहेको शाखा उक्त स्थानबाट करिब १ किलेमिटर पूर्वको मायादेवी कम्प्लेक्स धर्मकाँटा, सिटी सेन्टर नजिकै सरेको हो ।
    पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको यस बैंकमा करिब १२ लाख ग्राहकहरु रहेका छन् ।
    बैंकले देशैभरी छरिएर रहेको आफ्नो ११९ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १५५ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ ।
    यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

     

    प्रतिकृया दिनुहोस्