News Portal

  • नविल बैंकको गोल्ड सेभिङ खाता संचालन, ३ लाख ७५ हजारको बीमा सुविधा पाइने

    आर्थीकसंसार संवाददाता९ असोज, २०७९
    ३१४ पटक
    ९ असोज, २०७९

    काठमाडौं । नविल बैंकले नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुको सेवा तथा सुविधालाई ध्यानमा राख्दै यस्तो योजना ल्याएको जनाएको छ । बैंकले नविल गोल्ड सेभिङ एकाउन्ट संचालनमा ल्याएको हो । यस खातामा ९ दशमलव १३ प्रतिशत ब्याजदर प्रदान गर्ने बैंकले जनाएको छ ।
    यस खाता ३ लाख ७५ हजार रुपैयाँसम्मको बीमा सुविधा पाइनेछ । यसमा १३ वटा घातक रोग विरुद्ध ३ लाखसम्मको बीमा सुविधा रहेको छ । जसमा आवाधिक बीमा सुविधा अन्तर्गत ७५ हजार रुपैयाँसम्म जीवन बीमा सुविधा पाइने जनाएको छ । यस खातामा २५ प्रतिशत लक्कर सुविधा समेत रहेको बैंकले जनाएको छ ।
    जसमा डेविट, क्रेडिट र स्र्माट बैंकिङ सुविधा एक वर्षसम्मको लागि निःशुल्क दिने जनाएको छ । इन्स्योरेन्स पाटर्नर मेट लाइफ इन्स्योरेन्स कम्पनी रहेको समेत बैंकले जानकारी गराएको छ ।

    प्रतिकृया दिनुहोस्