News Portal

  • कुमारी क्यापिटल लिमिटेडद्वारा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता९ असोज, २०७९
    २४० पटक
    ९ असोज, २०७९

    काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले उच्च अदालत बार एसोसिएसन, पाटनसँगको सहकार्यमा कानून व्यवसायीहरूका लागि लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।


    कार्यक्रममा आफ्नो इक्विटी पोर्टफोलियो कसरी व्यवस्थापन गर्न सकिन्छ र सेयर बजारबाट कसरी सम्पत्ति निर्माण गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिइएको थियो ।
    सो कार्यक्रममा कुमारी क्यापिटलका इन्भेष्टमेण्ट बैंकिङ बिभागबाट श्री ममिन शाक्य, श्री सौगात पन्त र श्री विभव बस्यालले सेयर बजारमा किन लगानी गर्ने, सेयर बजारलाई असर गर्ने कारक तत्व के के हुन र आफ्नो लगानी व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
    कार्यक्रममा ५० भन्दा बढी वकिलहरु र उच्च अदालत बार एसोसिएसन, पाटनका वर्तमान कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा वकिलहरुले सक्रिय रुपमा सहभागिता जनाउदै शेयर बजारमा लगानी सम्बन्धी आफ्ना सबै जिज्ञासा राखेका थिए । कार्यक्रम मिति २०७९ असोज ०७ गते, शुक्रबार, शंखमुल स्थित अनमोल बैंक्वेटमा सम्पन्न भएको थियो ।

    प्रतिकृया दिनुहोस्