News Portal

  • अभियान लघुवित्तको शेयर नेप्सेमा सूचीकृत

    आर्थीकसंसार संवाददाता८ असोज, २०७९
    २३९ पटक
    ८ असोज, २०७९

    काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको शेयर नेप्सेमा सूचीकृत भएको छ । आज कम्पनी र नेप्सेबीच शेयर कारोबारका लागि शेयर सुचिकरण सम्बन्धी सम्झौता गरेका हुन् । लघुवित्तको २५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
    संस्थापकहरुलाई निष्काशन गरेको १५ लाख २५ हजार कित्ता र सर्वसाधारणलाई निष्काशन गरेको ९ लाख ७५ हजार कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तको शेयरलाई नेप्सेले AVIYAN कारोबार संकेत प्रदान गरेको छ ।
    लघुवित्तको शेयरलाई नेप्सेले न्युनतम १०५ रुपैयाँ ३६ पैसा देखि ३१६ रुपैयाँ ८ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । आइतबार देखि लघुवित्तको शेयर दोस्रो बजारमा कारोबार हुनेछ ।

    प्रतिकृया दिनुहोस्