काठमाडौं । बितको २४ घण्टामा देशभर १ हजार ३ सय ५६ कोरोना भाइरस संक्रमित थपिएका छन् । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै देशभर संक्रमितको कुल संख्या ६६ हजार ६ सय ३२ पुगेको गौतमले बताए ।
उनका अनुसार ८ सय २३ जना बितेको २४ घण्टामा डिस्चार्ज भएका छन् भने यससँगै निको हुनेको कुल संख्या ४८ हजार ६१ पुगेको छ ।
आज देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ४२ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार १ सय ९३ र होम आइसोलशेन ८ हजार ९ सय ४९ जना रहेका छन् ।
यसैबीच बितेको २४ घण्टामा थप २ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ४ सय २९ पुगेको गौतमले बताए ।
बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ६ सय ४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार काठमाडौंंमा ५ सय ११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
देशभर १ हजार ३ सय ५६ कोरोना संक्रमित थपिए
आर्थीकसंसार संवाददाता६ असोज, २०७७
६ असोज, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान