News Portal

  • गरिमा बैंकको तीन नयाँ शाखा सञ्चालनमा

    आर्थीकसंसार संवाददाता६ असोेज, २०७७
    ६८१ पटक
    ६ असोेज, २०७७

    काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले असोज ४ गते काठमाडौं उपत्यकाभित्र विभिन्न स्थानमा एकैदिन ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।
    विकास बैंकले काठमाडौ उपत्यका भित्र सतुंगल, कुलेश्वर र मैतिदेवी गरी एकैदिन ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । बैंकले ३ दिनअघि मात्र असोज १ गते देशका विभिन्न स्थानमा एकैदिन ६ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको थियो । योसँगै विकास बैंकको शाखाहरुको संख्या १०० पुगेको छ ।
    बैंकले काठमाडौं उपत्यकाभित्र १६ वटा शाखासहित देशभर सम्पूर्ण प्रदेशमा १०० शाखा, ५१ एटीएम र गरिमा रेमिटका १०,००० भन्दा बढी एजेन्टमार्फत ग्राहकहरुलाई सेव प्रदान गरेको छ ।

    प्रतिकृया दिनुहोस्