News Portal

  • नेपाल टेलिकममा फिफा वर्ल्ड कपबारे ध्यानाकर्षण

    आर्थीकसंसार संवाददाता३१ भदौ, २०७९
    ३२० पटक
    ३१ भदौ, २०७९

    काठमाडौं । आगामी २०७९ मंसिर ४ गतेदेखि कतारमा सञ्चालन हुन लागेको FIFA World Cup 2022 का ६४ वटै खेलको प्रशारण अधिकार नेपाल टेलिकमको मोबाइल तथा NTTV मा OTT मार्फत गर्नको लागि मिति २०७९ भाद्र २४ गते बसेको सञ्चालक समितिको बैठकबाट सैद्धान्तिक सहमति दिएको भन्ने जानकारी प्राप्त हुन आएकोमा तत्सम्बन्धी केही प्रश्न÷जिज्ञासाहरु उत्पन्न भएका र सोको स्पष्ट निराकरणका आधारहरु प्राप्त हुन नसकेकोमा हाम्रो ध्यानाकर्षण भएको छ ।
    उक्त विषयमा नेपाल टेलिकमको ग्राहक आधार, ग्राहकसम्म उपलब्ध नेटवर्कको प्रकृति, नेटवर्क अनुसार ग्राहकको FIFA World Cup 2022  प्रतिको अभिरुची, शहर तथा ग्रामिण ग्राहकको Screen Size प्राथमिकता, NTTV संग हुने राजस्व साझेदारीमा प्रभाव जस्ता व्यापारमा महत्वपूर्ण प्रभाव पार्ने तत्वहरुको वस्तुपरक विश्लेषण सहित कम्पनीको व्यावसायिक योजना एवं लाभ लागत, विश्लेषण गरेर मात्र व्यावसायिक योजना बनाउन सकेमात्र त्यस्ता व्यावसायिक योजना अर्थपूर्ण हुने, नत्र त्यस्ता योजना व्यापार घाटाको कारण मात्र बन्ने यथार्थलाई सवैले स्विकार्नु पर्दछ ।
    तसर्थ करीव २४ करोडको लागत सहित व्यापारिक योजनाको लागत संरक्षण र सोको च्बतभ या च्भतगचल को स्पष्ट आधार एवं क्ष्त् क्षेत्रको सेवाको एचयहथ क्भचखभच मार्फत हुनसक्ने चुहावट तथा अन्य सेवा प्रदायकहरु समेतबाट सोको प्रशारण बाट अपेक्षित व्यापार हुन सक्ने ÷ नसक्ने यथार्थलाई तथ्यगत रुपमा ऋबअिगबितष्यल गरेर यस्तो व्यापार गर्नु वाञ्छनीय हुनेछ । अन्यथा नेपाल टेलिकमले अङ्गिकार गर्ने संस्थागत सुशासन, आर्थिक विनियमावलीले खर्च तथा कार्यक्रम सञ्चालन गर्दा परिकल्पना गरेको पारदर्शिता, नतिजामुखी तथा मितव्ययितालाई समेत नकारात्मक प्रभाव पर्न जाँदा समग्रमा कर्मचारी र कम्पनीको उत्पादकत्वमा समेत प्रत्यक्ष असर पर्ने र यस्ता योजनाहरु ट्रेड युनियनका प्रत्यक्ष सरोकारका विषय बन्ने हुँदा यस्तो योजनाको विस्तृत व्यापारिक योजना, व्यापार नाफाको आधार सहितका तथ्य एवं त्यस्ता योजनाको सफलताको लागि युनियनले समेत खेल्न सक्ने भूमिकाका विषयमा विस्तृत छलफल गरी मात्र थप निर्णयमा पुग्न व्यवस्थापन समक्ष हार्दिक अनुरोध गर्दछौं ।
    यस्ता प्रस्तावहरुमा सरोकारवालाहरु विच व्यापक छलफल गरि निर्णय गर्न र यस प्रस्तावमा लगानि अनुरुपको प्रतिफल प्राप्त हुने सुनिश्चितता अध्ययन नगरि उक्त विषय अगाडि नबढाउन हुन सम्बन्धित पक्षमा गम्भीर ध्यानाकर्षण गर्दछौं ।

    प्रतिकृया दिनुहोस्