News Portal

  • सानिमा इन्स्योरेन्सको आईपिओ धितोपत्र बोर्डबाट स्वीकृत

    आर्थीकसंसार संवाददाता६ असोज, २०७७
    १७८८ पटक
    ६ असोज, २०७७

    काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट आइपीओ निष्काशनको अनुमति पाएको छ । बोर्डले उक्त कम्पनीलाई ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ बिक्री गर्ने अनुमति दिएको हो ।
    कम्पनीले सर्वसाधारण शेयरधनीहरुलाई जारी पुँजीको ३० प्रतिशत आईपीओ बिक्री गर्न असार १४ गते बोर्डमा निवेदन दिएको थियो । एक अर्ब जारी पुँजी रहेको उक्त कम्पनीको हाल संस्थापकतर्फको ७० करोड चुक्ता पुँजी कायम रहेको छ ।
    सर्वसाधारणलाई आईपीओ विक्रीपश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब पुग्नेछ । इन्स्योरेन्सको आईपीओ विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

    प्रतिकृया दिनुहोस्