काठमाडौं । सनराइज बैंकले युनीफाईड पेमेन्ट इन्टरफेस नेपालसँग अन्तरआवद्धता रहेको गेट वे पेमेन्ट सर्भिससँग सम्झौता गरेको छ ।
मंगलबार एक समारोहबीच बैंकका नायब महाप्रबन्धक रबिन नेपाल तथा गेट वे पेमेन्ट सर्भिसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश प्रसाद मानन्धरले सम्झौतापत्र आदान प्रदान गरेका छन् ।
सुरक्षित र सजिलो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारोबार गर्न मिल्ने युपिआइ नेपाल प्रणाली सञ्चालनमा ल्याउन यस सहकार्यले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बैंकले जानकारी दिएकाे छ ।
यस सेवा सुरु भए पश्चात प्रथम चरणमा भारतमा रहेका नेपालीले युपिआइमार्फत सनराइज बैंकमा रहेकै बैंक खातामा सोझै रकमान्तर गर्न सक्नेछन् । यस्तै, भारतिय पर्यटकले सनराइज बैंकका मर्चेन्टहरुमा भारतिय बैंककै एप मार्फत क्युआर कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्नेछन् ।
यस सेवाले भारतबाट प्राप्त हुने विप्रेषण सेवालाई अझ प्रभावकारी बनाउन मदत गर्ने विश्वास बैंकले लिएको जनाएको छ ।