काठमाडौं । शिखर इन्स्योरेन्सको सीईओमा पुनः दीपप्रकाश पाण्डेलाई नियुक्ति गर्ने सञ्चालक समितिको बैठकले निर्णय गरेको छ । पाण्डेलाई पुनः नियुक्त गर्न अनुमति माग गरिएको फाइल बीमा समितिमा दर्ता भएको छ ।
शिखर इन्स्योरेन्सको बोर्ड बैठकले पाण्डेलाई कार्तिक ११ गतेबाट लागू हुने गरी सिईओ नियुक्त गर्ने उल्लेख छ । बीमा समितिबाट अनुमतिपश्चात पाण्डेलाई शिखर इन्स्योरेन्सको बोर्ड बैठकले औपचारिक रुपमा सिईओ पदमा पुनः नियुक्ति गर्नेछ ।
चार वर्षअघि शिखर इन्स्योरेन्सको सिईओ पदमा पाण्डेलाई पुनः नियुक्ती गरिएको विषयमा यसअघि पनि राष्ट्रिय सर्तकता केन्द्रमा उजुरी परेको थियो । सो उजुरीको जवाफमा बीमा समितिले पठाएको पत्रमा अन्तिम पटकको लागि सिईओमा नियुक्त गरिएको जवाफ प्रधानमन्त्री कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रलाई दिएको थियो ।
पाण्डे शिखर इन्योरेन्समा स्थापनाकालदेखि नै सिईओ पदमा कार्यरत छन् । बीमा समितिले जारी गरेको संस्थागत सुशासन २०७५ ले दुई कार्यकाल (आठ वर्ष) भन्दा बढी सिईओ हुन नपाउने व्यवस्था गरेको छ ।
शिखर इन्स्योरेन्सको सीईओमा पाण्डे पुनः नियुक्तिको अनुमति माग्दै
आर्थीकसंसार संवाददाता६ असोज, २०७७
६ असोज, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने