News Portal

  • राष्ट्रिय बीमा कम्पनीका नवनियुक्त सीईओ बरालले सम्हाले कार्यभार

    आर्थीकसंसार संवाददाता२७ भदौ, २०७९
    २०६ पटक
    २७ भदौ, २०७९

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शेखर बरालले कार्यभार सम्हालेका छन् । नवनियुक्त सीईओ बरालले भदौ २७ गतेदेखि लागू हुने गरी कम्पनीमा कार्यकारी अधिकृतको कार्यभार सम्हालेका हुन् ।
    कम्पनी सञ्चालक समितिको बैठकले उनलाई गत भदौ २३ गते कम्पनीको सीईओ पदमा नियुक्त गरेको थियो । यससँगै उनले आगामी चार वर्षसम्म कम्पनीको कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने छन् ।
    खुला प्रतिस्पर्धाबाट छनोट भएका तीन जनामध्ये सञ्चालक समितिले बराललाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । नवनियुक्त सीईओ बरालसँग बीमा क्षेत्रमा लामो समय काम गरेको अनुभव छ । उनले लुम्बिनी जनरल इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्समा सीईओको कार्यभार सम्हालिसकेका छन् ।
    यसअघि कम्पनीको सीईओको कार्यभार सरकारका उपसचिव ज्ञानेन्द्रराज ओझाले सम्हालिरहेका थिए । उनलाई अर्थमन्त्रालयले फिर्ता बोलाएसँगै कम्पनीले बराललाई नयाँ सीईओको रुपमा नियुक्त गरेको हो । ६ महिनाको लागि राष्ट्रिय बीमा कम्पनीमा पठाएको अर्थमन्त्रालयले अवधि नसकिँदै उनलाई मन्त्रालय फिर्ता बोलाएको छ ।

     

    प्रतिकृया दिनुहोस्