News Portal

  • पूर्वाञ्चलमा लुम्बिनी जनरलको विभिन्न तालिम तथा प्रशिक्षण सम्पन्न

    आर्थीकसंसार संवाददाता२३ भदौ, २०७९
    ४१५ पटक
    २३ भदौ, २०७९

    काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले भदौ ९ गतेदेखि १७ गतेसम्म पूर्वका बिभिन्न जिल्लाका नगरपालिकाहरुमा पशुपञ्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम, बीमा सचेतना कार्यक्रम, कृषि बीमा सचेतना कार्यक्रम, बीमा अभिकर्ता तालिमहरु सम्पन्न गरेको छ ।
    कम्पनीले भदौ ९ गतेदेखि ११ गतेसम्म संखुवासभाको खांदबारीमा ३० जना सहभागीहरुलाई ३ दिने कृषि, पशुपञ्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम प्रदान गरेको छ । त्यसैगरी भाद्र ११ गते खांदबारीमा नै बीमा सचेतना कार्यक्रम समेत सम्पन्न गरेको छ ।
    त्यसैगरी, भाद्र १२ गते षडानन्द नगरपालिकामा नगरपालिकाका उपमेयर, वडा अध्यक्ष तथा स्थानिय कृषकहरु समेत गरी ३८ जना सहभागीहरुलाई समावेस गरी कृषि बीमा सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।

    त्यसैगरी, भाद्र १३ गते संखुवासभाको धर्मदेवी नगरपालिकामा सो नगरपालिकाका मेयर, उपमेयर, वडा अध्यक्ष तथा स्थानिय किसान समेत गरी ४० जना सहभागीहरुलाई कृषि बीमा सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।
    भाद्र १५ गतेदेखि १७ गतेसम्म झापाको दमक नगरपालिकामा ३५ जना सहभागीहरुलाई ३ दिने निर्जीवन बीमा अभिकर्ता आधारभूत तालिम सम्पन्न गरेको छ ।
    यी विविध कार्यक्रमहरुमा कम्पनीका सहायक महाप्रबन्धक नबराज तिमिल्सेनाले तालिम तथा प्रशिक्षण दिएका थिए भने कार्यक्रमको व्यबस्थापन कम्पनीका स्थानिय शाखा कार्यालयहरुले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्