News Portal

  • डिशहोमको “डिसहोम डिलर दाईको डिस्काउन्ट” अफर सञ्चालन

    आर्थीकसंसार संवाददाता५ असोज, २०७७
    १५६२ पटक
    ५ असोज, २०७७

    काठमाडौं । डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढी सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले “डिसहोम डिलर दाईको डिस्काउन्ट” नामक अफर सञ्चालन गरिरहेको छ । यसै अफरलाई डिशहोमले वडा दशैंको उपलक्ष्यमा पनि निरन्तरता दिँदै २४ महिना रिचार्जमा डबल धमाका अफर ल्याएको छ ।
    यस अफरमार्फत ग्राहकहरुले फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्दा साप्ताहिक लक्की ड्रमा भाग लिने अवसर प्राप्त गर्नेछ । भने २ वर्षे रिचार्जमा साप्ताहिक लक्की ड्रमा डबल मौका प्राप्त हुनेछ । हप्तामा दुई ग्राहकहरुले प्रतिव्यक्ति रु. एकरएक लाख नगद उपहार यस अफरमार्फत जित्ने छन् ।
    साप्ताहिक लक्की ड्रकोे बिजेताको घोषणा डिजिटल प्रणालीबाट ग्राहकहरुको डिशहोम सेट–टप बक्सको क्यस आईडी को आधारमा गरिन्छ । हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको शोकोश च्यानल नं. १०० र रमाईलो टिभीमा लक्की ड्रको प्रत्यक्ष प्रशारण हुने भएको छ ।
    अनलाइनमार्फत ५ हजार वा सो भन्दामाथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो अफरमा सहभागी गराइने छ । कम्पनीले ग्राहकहरुलाइृ ट्रान्सफरबारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्ने आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्