News Portal

  • कुमारी क्यापिटल लिमिटेडको संस्थागत परामर्श सेवा “वे टु लिस्टिङ” शुभारम्भ

    आर्थीकसंसार संवाददाता२२ भदौ, २०७९
    ४५७ पटक
    २२ भदौ, २०७९

    काठमाडौ । कुमारी क्यापिटल लिमिटेडले संस्थागत परामर्श सेवाअन्तर्गत “वे टु लिस्टिङ” नामक नयाँ सेवा सञ्चालनमा ल्याएको छ ।
    क्यापिटलले “वे टु लिस्टिङ” सेवाअन्तर्गत नेपालको प्रचलित कानुन बमोजिम स्थापना भएका जुनसुकै संगठित संस्थाहरुलाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासनपुर्व गर्नुपर्ने वित्तिय तथा संगठनात्मक पुनर्संरचना लगायतका कार्यमा आवश्यक सम्पुर्ण वित्तिय तथा कानुनी परामर्श सेवा उपलब्ध गराउनेछ । साथै, क्यापिटलले धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन गर्ने, निष्कासित धितोपत्र नेपाल धितोपत्र विनिमय बजार (नेप्से)मा सुचीकरण गराउने लगायतका सम्पुर्ण सेवाहरु प्रदान गर्नेछ । क्यापिटलको यस सेवाले वास्तविक क्षेत्रका कम्पनिहरुलाई धितोपत्र बजारमा भित्राउने धितोपत्र बोर्डको नितिलाई समेत सहयोग पुर्याउने छ ।
    क्यापिटलले संस्थागत परामर्श सेवा अन्तर्गत निम्न कार्यहरु गर्नेछ:
    व्यवसायिक तथा वित्तीय योजनाको तयारी, वित्तीय तथा संगठनात्मक पुनर्संरचना, वित्तीय स्रोत जुटाउन सहयोग, कम्पनी मूल्याङ्कन, तथा परीयोजना मूल्याङ्कन, प्रबन्धपत्र तथा नियमावली संशोधन, आन्तरिक नियन्त्रण प्रणालिको विकास तथा प्रभावकारिता मूल्याङ्कन, ब्यवस्थापकिय परामर्श तथा डिउ डेलिजेन्स आदि कार्यमहरु गर्ने भएको छ ।

    प्रतिकृया दिनुहोस्