News Portal

  • कामना सेवा विकास बैंकद्वारा ‘डिजिटल विक’ सार्वजनिक

    आर्थीकसंसार संवाददाता१९ भदौ, २०७९
    ३५९ पटक
    १९ भदौ, २०७९

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुलाई डिजिटल माध्यम मार्फत सहज र सरल तरिकाले भुक्तानी प्रोत्साहन गर्नका लागि भाद्र १९ गते आईतबार देखि भाद्र २४ गते शुक्रबार सम्म ‘केएस डिजिटल विक’ सार्वजनिक गरेको छ ।
    नगद छोडौं, डिजिटल रोजौं कार्यक्रम अन्तर्गत यस केएस डिजिटल विकमा कामना सेवा विकास बैंकका क्युआर मर्चेन्ट हरुले क्युआर प्रयोग गरी पहिलो भुक्तानी लिएमा भुक्तानी रकमको अधिकतम ५० वा १५% बोनस बापत कामना सेवा बैंकमा रहेको आफ्नो खाता मार्फत प्राप्त गर्न सक्नेछन् । साथै बैंकका ग्राहक महानुभावहरुले समेत डिजिटल कारोबारमा आकर्षक छुट प्राप्त गर्न सक्नुहुनेछ । आएएमई पे तथाखल्ती डिजिटल वालेटमा कामना सेवा विकास बैंक लिङ्क गरि १०० सम्मको क्यास ब्याक लगायत अन्य थुप्रै डिस्काउन्ट र आकर्षक उपहारहरु पनि प्राप्त गर्न सक्नेछन् । बैंकले यो योजना आफ्नो डिजिटल पार्टनर्स फोन पे, एफ वान सफ्ट, एनसीएचएल, भिसा, आएएमई पे र खल्ती डिजिटल वालेटसंगको संयुक्त साझेदारीमा ल्याएको हो ।
    बैंकले डिजिटल कारोबार लाई प्रबर्धन गर्ने उद्देश्यले यो योजना ल्याएको हो । साथै यस योजनाले नेपाल राष्ट्र बैंकले घोषणा गरेको डिजिटल पेमेन्ट इयरलाई टेवा पु¥याउने बैंकले विश्वास लिएको छ ।

    प्रतिकृया दिनुहोस्