News Portal

  • नबिल बैंक भिसा एक्सिलेन्स अवार्ड २०२२ बाट सम्मानित

    आर्थीकसंसार संवाददाता१७ भदौ, २०७९
    ४६४ पटक
    १७ भदौ, २०७९

    काठमाडौं । नबिल बैंकले एक्सिलेन्स इन कन्ज्युमर डेबिट कार्ड्स बिजनेस २०२२ र एक्सिलेन्स इन ई कमर्स एक्वाएरिङ बिजनेस २०२२ अवार्डबाट सम्मानित भएको छ । नेपालका सबै बैंकहरुबीच डेबिट कार्ड र इकमर्स व्यवसायमा उत्कृष्ट वृद्धि र उपलब्धिहरु पाए बापत यी अवार्ड पाएको हो ।
    भिसा इन्टरनेशनलले आयोजना गरेको २०२२ अगस्ट ३१ मा काठमाडौंमा आयोजना गरेको भिसा लिडरसिप कन्क्लेभ पेमेण्ट्स इनोभेसन फर डिजिटल नेपालमा नबिल बैंकलाई अवार्ड प्रदान गरिएको थियो ।
    नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकका सबै सदस्यहरुको समर्पणप्रति कृतज्ञता व्यक्त गर्दै नबिलले सधैँ नेपालको पहिलो डिजिटल बैंक बन्नकोलागि प्रयास गरेको र हाम्रो अथक प्रयासका लागि मान्यता पाउँदा खुशी भएको बताए ।

    प्रतिकृया दिनुहोस्