आर्थीकसंसार संवाददाता४ असोज, २०७७
४ असोज, २०७७काठमाडौं । ग्लोबल आइएमई बैंकले आफना ग्राहकहरूलाई प्रयोगमा नआएका मोबाईल नम्बर परिर्वतन गराउन आग्रह गरेको छ । बैंकले रजिस्टर गरेको मोबाइल नम्बर एक वर्षयता प्रयोग गरिएको छैन भने बैंकमा गई नयाँ नम्बर अपडेट गर्न आग्रह गरेको हो ।
बैंकले आईतबार एक सूचना जारी गर्दै जानकारी दिएको हो । बैंकले दूरसञ्चार सेवा प्रदायकहरूले एक वर्षसम्म प्रयोगमा नआएका सिम कार्डहरू पुनर्जारी गरी अन्य प्रयोगकर्ताहरूलाई हस्तान्तरण गर्ने प्रावधान ल्याएको बताउँदै बैंकले ग्राहकहरूलाई नम्बर अपडेट गर्न अनुरोध गरेको हो ।