News Portal

  • वार्षिकोत्सवको अवसरमा रिलायबल लाइफद्धारा आविष्कार केन्द्रलाई ५ लाख प्रदान

    आर्थीकसंसार संवाददाता१६ भदौ, २०७९
    ४२९ पटक
    १६ भदौ, २०७९

    काठमाडौं । रिलायबल नेपाल लाइफले आफ्नो स्थापनाको पाँचौ वर्ष सफलतापुर्वक पार गरेको छ । कम्पनीले आफ्नो पाँचौ वार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक उत्तरदायित्वको कार्यक्रमहरुको आयोजना गरी मनाएको छ । सोही अवसरमा कम्पनीले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेको छ ।
    कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविष्कार केन्द्रलाई पाँच लाख रुपैयाँ दिएको जनाएको छ । उक्त रकम कम्पनीको तर्फबाट सिनियर असिस्टेन्ट जनरल म्यानेजर दिपेश बाबु तिवारी लगायत सम्पुर्ण टिमले हस्तान्तरण गरेका हुन् ।
    रिलायबल नेपाल लाइफले सामाजिक उत्तर दायित्वका विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । आगामी दिनमा कम्पनीले यस्तो सामाजिक कार्यक्रमहरु गर्दै जाने प्रतिवद्धता व्यक्त गरेको छ ।
    आजको दिनसम्ममा रिलायबल नेपालले १२ वटा जीवन बीमा योजना मार्फत बीमितलाई सेवा प्रवाह गर्दै आइरहेको छ । कम्पनीले नेपालभर ८२ वटा शाखा कार्यालय र २० हजार ९६६ जना अभिकर्ता मार्फत जीवन बीमा व्यवसाय गर्दै आएको छ । कम्पनीले लघु तथा अन्य पोलिसी सहित ४२ लाख २२ हजार ७६६ वटा पोलिसी जारी गरिसकेको छ ।

    प्रतिकृया दिनुहोस्