News Portal

  • मुक्तिनाथ विकास बैंकले ल्यायो बीमा सुविधा सहित उत्कृष्ट मुद्धती योजना

    आर्थीकसंसार संवाददाता१६ भदौ, २०७९
    ३४० पटक
    १६ भदौ, २०७९

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले “मुक्तिनाथ उत्कृष्ट मुद्धती” योजना सञ्चालनमा ल्याएको छ । यसमा योजनाले निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्ने र २२.५० लाख सम्मको बीमा सुविधा दिने बैंकले जनाएको छ ।
    बैंकका अनुसार यो योजना अनुसार मुद्धती खातामा न्यूनतम रु ५ लाख मौज्दात राखेर मुद्धती खाता खोल्ने खातावालहरुले आफनो लागि १० लाख सम्मको दुर्घटना बीमा, २ लाखको घातक रोग बीमा र ५० हजारको आवधिक जीवन बीमा, साथै खातावालाको परिवारको कुनै एउटा सदस्यको समेत १० लाख सम्मको दुर्घटना बीमा सुविधा पाउने छन् ।
    यस योजना अन्तर्गत ग्राहकहरुले १ बर्ष देखि २ वर्ष सम्मको मुद्धती खाता खोल्न सक्ने र जति अवधिको मुद्धती खाता खोलिएको हो त्यतीनै समय अवधिको लागि बीमा सुविधा प्राप्त गर्ने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्