News Portal

  • अब पतंजलीका सामान किन्दा पनि बीमासहित नगद फिर्ता सुविधा पाइने

    आर्थीकसंसार संवाददाता१६ भदौ, २०७९
    ३०० पटक
    १६ भदौ, २०७९

    काठमाडौं । एभरेष्ट बैंक र पतंजली आयुर्वेद नेपालले को ब्राण्डेड क्रेडिट कार्डको सुरुवात गरेका छन् । तीजको अवसरमा भारतको नयाँ दिल्लीमा भएको सो कार्यक्रममा स्वामी रामदेव बाबा र आचार्य बालकृष्णले संयुक्त रुपमा सो कार्डको सुरुवात गरेका हुन् ।
    यस कार्डबाट उपभोक्तले चाडपर्वको अवसरमा पतंजलीका सामानको खरिदमा विभिन्न नगद फिर्ता, बीमाका साथै अन्य थुप्रै सुविधा पाउनेछन् । साथै, सुरुवाती ३ महिनाको लागि इस्यूयन्स फीमा ५० प्रतिशत छुट हुनेछ ।
    सो कार्यक्रममा पतंजलीका प्रबन्ध निर्देशक आचार्य बालकृष्णले, उक्त कार्डबाट पतंजलीले आफ्ना ग्राहकलाई निकै फाइदा पुग्नुका साथै एभरेष्ट बैंकले पनि एभरेष्ट हिमालझैं उनीहरुका आवश्यकता पुरा गर्ने विश्वास व्यक्त गरे । साथै स्वामी रामदेव बाबाले उक्त सुविधाबाट विभिन्न नगद फिर्ता, बिमा र अन्य सुविधाले गर्दा आफ्ना ग्राहकहरुलाई खर्च व्यवस्थापनमा निकै टेवा पुग्ने विश्वास व्यक्त गरे । यस कार्डबाट बैंक र पतंजलीका ग्राहकको खरिद अनुभव नौलो तथा स्मरणयोग्य हुनुका साथै सरल तथा सहज हुने बैंकको विश्वास छ ।
    बैंकले हाल ११८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १५३ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

     

    प्रतिकृया दिनुहोस्