News Portal

  • गरिमा विकास बैंकले ल्यायो छोटो समयमा पैसा दोब्बर र तेब्बर हुने योजना

    आर्थीकसंसार संवाददाता१४ भदौ, २०७९
    ३५२ पटक
    १४ भदौ, २०७९

    काठमाडौं । गरिमा विकास बैंकले छोटो समयमा निक्षेप दोब्बर र तेब्बर हुने ‘गरिमा मालामाल मुद्धती योजना’ सार्वजनिक गरेको छ । बैंकले ७३ महिना १० दिनमै निक्षेप दोब्बर र ११६ महिना ६ दिनमा निक्षेप तेब्बर हुने मुद्धती योजना सार्वजनिक गरेको हो ।
    महामारी पछिको बढ्दो मुद्रास्फीतिले आम नेपालीहरुको जीविका झनै खर्चिलो हुन पुगेको कारणले छोटो समयमा नै निक्षेप दोब्बर र तेब्बर हुने योजना ल्याएको बैंकले जनाएको छ । यो योजनाले नेपालीहरुको जिविका सहज गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास राखेको बैंकले जनाएको छ ।
    हाल, यस बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सेवा प्रदान गर्दै आईरहेको छ । साथै, यस विकास बैंकले चाडै नै क्रेडिट कार्ड पनि सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्