काठमाडौं । सरकारले उद्योगी शंकरलाल अग्रवाल प्रवल जनसेवा श्री (चतुर्थ)बाट विभूषित भएका छन् । पाँचौं संविधान दिवसका अवसरमा एक दर्जनभन्दा बढी उद्योगी व्यवसायीलाई विभिन्न मानपदवी, अलंकार र पदकले विभुषित गरेको छ ।
शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल (गोल्यान) प्रबल जनसेवा श्री (चतुर्थ)बाट विभूषित भएका छन् । स्वर्गीय रावत मल गोल्यानका कान्छा छोरा शंकर सन् १९७० बाट व्यवसायमा प्रवेश गरेका थिए । कपडाको व्यापारका लागि उनी विभिन्न देश पुगेका थिए । सन् १९८० मा कोरिया र जापानमा कपडा व्यापार गरेर १० वर्षसम्म विताएका थिए । यो दुबै देशमा ठूलो कपडा कारोबारीको रुपमा उनी परिचित थिए । पछिल्लो ४५ वर्षको अवधिमा उनको लगनशीलताका कारण नेपालको ठूलो व्यापारिक घरानाको रुपमा स्थापित भएको थियो ।
शंकर ग्रुपको विभिन्न उद्योग व्यवसायमा हजारौंले रोजगारी पाएका छन् । यो समूह अन्तर्गत सिमेन्ट, स्टील, अटोमोबाइल, कृषि, खाद्यान्न तथा एमसिजी, चुरोट, प्याकेजिङ, हस्पिटालिटी, विजुली, जीवन बीमा, क्रेडिट रेटिङ र व्यापारलगायतका १४ विभिन्न क्षेत्रका व्यापार छन् ।
शंकर समूहले अहिले गरिरहेका सम्पूर्ण सामाजिक कार्यहरुलाई निरन्तरता दिइरहने प्रतिबद्धता व्यक्त गरेको छ । यस्तै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ सुप्रबल जनसेवा श्री पदकबाट विभुषित भएका छन् । उनी क्वेस्ट फर्मास्यूटिकलका कार्यकारी निर्देशक थिए । महासंघकी केन्द्रीय सदस्य जोत्सना श्रेष्ठ र केन्द्रीय सदस्य भरतराज आचार्य सुप्रबल जनसेवा श्री पदकबाट विभुषित भएका छन् ।
उद्योगी शंकरलाल अग्रवाल प्रबल जनसेवा श्री (चतुर्थ)बाट विभूषित
आर्थीकसंसार संवाददाता३ असोज, २०७७
३ असोज, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान