News Portal

  • ग्रीन डेभलपमेण्ट बैंकले ल्यायो दोब्बर हुने मुद्धती योजना

    आर्थीकसंसार संवाददाता१० भदौ, २०७९
    ४२५ पटक
    १० भदौ, २०७९

    काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंक आफ्नो स्थापनाको नवौं वर्ष पार गरी दशौं वर्षमा प्रवेश गरेको छ । बैंकले विभिन्न कार्यक्रमहरुको आयोजना गरि आफ्नो स्थापना दिवस मनाएको छ । बैंकले दशौं वार्षिकोत्सवको अवसरमा ५ वर्ष ९ महिनामा दोव्वर हुने मुद्धती योजना तथा १० वर्षमा दोव्वर र मासिक ६ प्रतिशत व्याज समेत प्राप्त हुने मुद्धती योजना सार्वजनिक गरेको छ ।
    बैंकले हाल कास्की, वाग्लुङ्ग, म्याग्दी र नवलपुर जिल्लामा रहेका १६ वटा शाखा कार्यालयहरुबाट सेवा प्रदान गरिरहेको छ ।
    स्थापना दिवसको अवसरमा बैंकले पोखरा महानगरपालिका वडा नं २८ स्थित वनपाले सामुदायिक वन उपभोक्ता समुहमा वृक्षारोपण कार्यक्रम, केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम र वागलुङ्ग जिल्लाको हनुमान् नाच संरक्षण परिषद् तथा रङ्कबैंकटेश्वर मुक्तिनारायण मन्दिरलाई आर्थिक सहयोग गरेको छ ।
    बैंकका अनुसार रक्त संचार केन्द्र, पोखराको प्राविधिक सहयोगमा वैंकको केन्द्रीय कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा ४० पिन्ट रगत संकलन भएको थियो ।
    पोखरा महानगरपालिका–२८ मा भएको वृक्षारोपण कार्यक्रम वन क्षेत्रमा तेजपात, कल्की, कपुर, पारिजात, अमला लगायतका अन्य विरुवाहरु रोएको बैंकले जनाएको छ । बैंकले सामाजिक उत्तरदायित्व शिर्षक अन्तर्गत बागलुङ बजारको इतिहाँस बोकेको हनुमान् नाच संरक्षण परिषद्लाई नगद ३५ हजार तथा वागलुङ जिल्लाकै रङ्कबैंकटेश्वर मुक्तिनारायण मन्दिर, कुँडुलेलाई २५ हजार ५ सय २५ रुपैयाँ र्थिक सहयोग गरेको छ।

    प्रतिकृया दिनुहोस्