News Portal

  • बीमा समितिले खुलायो लघुबीमाको लाइसेन्स, बढीमा ७ वटाले पाउने, ७५ करोडको पुँजी हुनै पर्ने

    आर्थीकसंसार संवाददाता९ भदौ, २०७९
    २९२ पटक
    ९ भदौ, २०७९
    काठमाडौं । बीमा समितिले लघुबीमा कम्पनी स्थापना गर्नको लागि लाइसेन्स खुला गरेको छ । बीमा क्षेत्रको नियामक निकाय समितिले भदौ १० गते एक सूचना जारी गर्दै बढीमा ७ वटा कम्पनीलाई लाइसेन्स दिने गरी बाटो खुला गरेको हो ।
    जसमध्ये ३ वटा जीवन र ४ वटा निर्जीवन लघुबीमा कम्पनी हुने छन् । जसको चुक्ता पुँजी न्यूनतम ७५ करोड रुपैयाँ तोकिएको छ ।
    समितिका अनुसार इच्छुकले सूचना जारी भएको ३५ दिनभित्रमा बीमा समितिमा प्रस्ताव लगिसक्नु पर्ने छ । तोकिएको अन्तिम दिन पनि दिनको १२ बजेभित्रमा प्रस्तावक व्यक्ति वा संस्थाको नाम ठेगाना स्पष्ट खुल्ने गरी समितिमा दर्ता हुनेपर्ने उक्त सूचनामा उल्लेख छ ।
    समितिले बीमाको विकास तथा विस्तार गर्नको लागि चालु आर्थिक वर्षको बजेट वक्तव्य अनुसार लघुबीमा कम्पनीको स्थापना गर्ने भएको हो ।
    त्यस्तै, प्रस्तावित लगानीकर्ताको एकै किसिमको बीमा व्यवसाय गर्ने अन्य कुनै कम्पनीमा सेयर हिस्सा अर्थात क्रस होल्डिङ रहेमा उक्त लगानीकर्ता संस्थापक बन्न नपाउने समितिले जनाएको छ । तर जीवन बीमा व्यवसाय गर्दै आएका कम्पनीले निर्जीवन लघुबीमा र निर्जीवन बीमा व्यवसाय गर्दै आएकाले भने जीवन लघुबीमा कम्पनीले खोल्न पाउने समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले बताए ।
    प्रतिकृया दिनुहोस्