News Portal

  • थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि

    आर्थीकसंसार संवाददाता३ असोज, २०७७
    १२५६ पटक
    ३ असोज, २०७७

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १२०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १०३३३ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
    यससँगै कुल संक्रमितको संख्या ६२ हजार ७ सय ९७ पुगेको छ । उनीहरुमध्ये ४०१ जनाको मृत्यु भएको छ । ४५ हजार २ सय ६७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १४४७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्