News Portal

  • घट्दो बजारमा बढ्दो प्रतिफल, लगानीकर्तालाई १२.०२ प्रतिफल दिने नविलको योजना

    आर्थीकसंसार संवाददाता८ भदौ २०७९
    ४०८ पटक
    ८ भदौ २०७९

    काठमाडौं । नविल बैंकको सहायक कम्पनी नविल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडले १२.०२ प्रतिशत प्रतिफल दिने योजना ल्याएको छ । सेयर बजार घटिरहेकाे बेलामा ‘घट्दो बजारमा बढ्दो प्रतिफल’ भन्ने नाराका साथ नविल बैंकले सेयर लगानीकर्तालाई लोभ्याउने योजना ल्याएको हो ।
    यस योजनामा कम्तिमा ५ लाख लगानी गर्नुपर्नेछ । लगानी अवधि लगानीकर्ताले एक वर्ष वा सो भन्दा बढी भनेर रोज्न सक्नेछन् ।
    लगानीको प्रतिफल कम्तिमा कम्तिमा १२.०२ प्रतिशत सुनिश्चि गरिएको कम्पनीले जनाएको छ । मुद्दती खाताको व्याज झै त्रैमासिक रुपमा प्रतिफल भुक्तानी गरिने पनि उक्त कम्पनीले जनाएको छ ।
    बाणिज्य बैंकहरुले निक्षेपकर्तालाई ११.०३ प्रतिशत भन्दा बढी व्याज नदिने सहमति गरेर अगाडि बढिरहेको अवस्थामा मुद्दती निक्षेपमा जस्तै प्रतिफल सुनिश्चित भएको र मुद्दती खाताकै सुविधा भएको लगानी योजना नबिल इन्भेष्टमेन्टले ल्याएको हो । कम्पनीले यस योजना मार्फत निक्षेपकर्ता र सेयर बजारका लगानीकर्ता दुबैलाई तान्ने रणनीति लिएकाे छ।

    प्रतिकृया दिनुहोस्