News Portal

  • भदौ महिनाभर सिटिजन्स बैंकको लकर सेवामा ७० प्रतिशत छुट

    आर्थीकसंसार संवाददाता७ भदौ २०७९
    २३६ पटक
    ७ भदौ २०७९

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले तीजलाई लक्षित गर्दै लकर सेवामा ७० प्रतिशत छुट योजना ल्याएको छ । बैंकले भदौ महिनाभर लकर सेवामा ७० प्रतिशत र कि डिपोजिटमा ५० प्रतिशतसम्मको छुट योजना ल्याएको हो ।
    यस्ता छुटहरुको सुविधा ग्राहकहरुले सिटिजन्स बैंकको लकर सेवा उपलब्ध हुने जुन कुनै शाखाहरुबाट पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
    यस सुविधा बापत आदरणीय ग्राहक महानुभावहरुले आफ्ना अमूल्य गर गहना, रत्न, वित्तीय वा कानुनी कागजात, महत्वपूर्ण प्रमाण पत्रहरु सजस्तै राहदानी, र अन्य मूल्यवान वस्तुहरू सहज र सुपत शूल्कमा सुरक्षित तवरले बैंकको लकरमा राख्न सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्