News Portal

  • बैंक अफ काठमाण्डूका ग्राहकलाई द बर्गर हाउसमा १२ प्रतिशत छुट

    आर्थीकसंसार संवाददाता६ भदौ, २०७९
    ७५ पटक
    ६ भदौ, २०७९

    काठमाडौं । बैंक अफ काठमाण्डू र द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनबीच सम्झौता भएको छ । बैंक र रेष्टुरेन्टबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई १२ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो ।
    यस सम्झौता पश्चात् बैंकका ग्राहकले महालक्ष्मीस्थानस्थित द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनको सेवाहरुमा एकमुष्ठ १२ प्रतिशत छुट पाउनेछन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहक महानुभावहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।
    हालसम्म बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्