काठमाडौं । नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङमा पिएसटिएन टु एफटिटिएच पूर्ण माइग्रेसन सफल भएको छ भने करादीबजारमा एफटिटिएच सेवा सुचारु भएको छ । जस्ले गर्दा अब करादीबजारका उपभोक्ताले एउटै तारबाट इन्टरनेट, टेलिफोन, टेलिभिजन तथा मोबाइल डाटा प्रयोग गर्न सक्नेछन् ।
पिएसटिएन टु एफटिटिएच पूर्ण माइग्रेसन हुँदा आफूले इच्छाएको इन्टरनेट स्पिड सहजै प्राप्त गर्नुका साथै प्रविधिमैत्री समाज निर्माणमा सहयोग पुगेको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराका प्रमुख इन्दल यादवले बताए । उनका अनुसार नेपाल टेलिकमले ग्रामीण भेगको दुरदराजदेखि सहरसम्मकै सेवामा कुनै गुनासो नआउने गरि उपभोक्तालाई प्रविधिसँग नजिक बनाउने योजना लिएको बताए ।
गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराइले नेपाल टेलिकमले प्रदान गरेको सेवाले नगरबासी सन्तुष्ट रहेको जानकारी दिँदै एफटिटिएच पूर्ण माइग्रेसनले सहरी सौन्दर्यतामा समेत सहयोग पुग्ने बताए । त्यसैगरि नेपाल टेलिकम दूरसञ्चार कार्यालय पोखराका प्रमुख रवि मानन्धरले एफटिटिएच सेवाको क्रमिक विस्तारले आम उपभोक्ताको जनजिवन विकसित बन्दै गएको बताउँदै अन्य प्राइभेट अपरेटरले विस्तारको गरेको सेवासँग नेपाल टेलिकमको सेवालाई तुलना गर्न नहुने बताए ।
नेपाल टेलिकम गल्याङ बन्यो पूर्ण एफटिटिएच, करादीबजारमा पनि सेवा सुरु
आर्थीकसंसार संवाददाता६ भदौ, २०७९
६ भदौ, २०७९- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- सूर्यज्योति लाइफ इन्स्योरेन्सको १६औं वार्षिक साधारणसभा सम्पन्न
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो