News Portal

  • आईएमएस ग्रुपद्वारा पाराकिटो ब्राण्ड नेपालमा लन्च

    आर्थीकसंसार संवाददाता३ भदौ २०७९
    ४७८ पटक
    ३ भदौ २०७९

    काठमाडाैं । आईएमएस ग्रुपले नेपालमा फ्रान्सेली ब्रान्ड ‘पाराकिटो’ लन्च गरेको छ । यसका साथै आईएमएस पराकिटो ब्रान्डको एकमात्र राष्ट्रिय वितरक बनेको छ।
    पाराकिटो एक फ्रान्सेली लामखुट्टे र टिक विकर्षक ब्रान्ड हो जसले प्राकृतिक रूपमा लामखुट्टे र टिक्सहरुबाट जोगाउँछ । यसले  रिस्टब्यान्ड, स्प्रे, क्लिप र रोल अन जस्ता विभिन्न प्रकारका उत्पादन प्रदान गर्दछ । यसले विशेषगरी बालबालिका, गर्भवती र संवेदनशील छाला भएकाहरुलाई वैकल्पिक र पूर्ण सुरक्षित सुरक्षा प्रदान गर्दछ ।
    पाराकिटो पानी र पसिना प्रतिरोधी, दीर्घकालीन, वातावरणमैत्री, बिरुवामा आधारित र मदिरारहित पनि हो ।
    पाराकिटो आईएमएस लिटल स्माइलस शोरुमहरुमा उपलब्ध छ । आईएमएस लिटल स्माइल शोरुमहरु दरबार मल, दरबार मार्ग र सिटी सेन्टर, कमलपोखरीमा स्थित छ र यहाँ डा. ब्राउन्स, बिबिलभ, हिमालय बेबी केयर, क्रेनजस्ता अरु धेरै शीर्ष अन्तर्राष्ट्रिय ब्रान्डहरु बेच्ने गरिन्छ । पाराकिटो स्मार्टडोकोमा अनलाइन उपलब्ध छ ।

    प्रतिकृया दिनुहोस्