News Portal

  • सानिमा बैंकले ल्यायो फेमिली सेभिङ्ग खाता : ८.०३ प्रतिशत ब्याज पाइने, सबै सदस्यलाई १ लाखसम्मको बीमा

    आर्थीकसंसार संवाददाता१ भदौ, २०७९
    ८९ पटक
    १ भदौ, २०७९

    काठमाडाैं । सानिमा बैंकले सम्पूर्ण परिवार सदस्यहरुका लागि लक्षित गरी सानिमा फेमिली सुपर सेभिङ्ग खाता सञ्चालनमा ल्याएको छ ।
    बैंकले नेपालमा पहिलो पटक ग्राहकले आफू लगायत तीन वा सोभन्दा बढी (सम्पूर्ण) परिवारका सदस्यहरुका लागि अस्पताल खर्च भुक्तानी नै गर्न नपर्ने गरी १ लाखसम्मको औषधी उपचार बीमा सहितको सानिमा फेमिली सुपर सेभिङ्ग खाता ल्याएको हो ।
    यस खातामा वार्षिक ८.०३ प्रतिशत ब्याजदर, मासिक ब्याज भुक्तानी, प्रत्येक परिवारका सदस्यलाई १० लाखको दुर्घटना बीमा, ३ लाखको ६ घातक रोगहरुको बीमा, २५ हजारको अवधिक जीवन बीमा र ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण प्याकेज जस्ता थप्रै सुविधाको व्यवस्था गरिएकाे बैंकले जनाएकाे छ ।
    बैंककाे अनुसार यसबाट ग्राहकहरुलाई औषधी उपचार खर्च गरी बीमा वापत सोधभर्ना लिनु पर्ने झन्झटबाट छुट्कारा मिल्ने छ । सानिमाका ग्राहकले आफ्नो बीमा पोलीसी नं उपलब्ध गराएर औषधी उपचार गराउन सक्ने र यो सुविधा अस्पताल भर्ना हुँदा उपलब्ध हुने बैंकले जानकारी दिएकाे छ ।
    यसका साथै, यस खातामा भिसा नेटवर्कका एटिएमबाट नेपालमा निःशुल्क रकम झिक्न सकिने, लकर शुल्कमा ७५ प्रतिशत छुट, लगानी व्यवस्थापन सेवामा सेवामा ५० प्रतिशत छुट, निःशुल्क डेबिट तथा क्रेडिट कार्ड जारी, निःशुल्क अमेरिकी डलर कार्ड (फर्स्ट टपअप), निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ्ग सेवा आदिमा विशेष छुट प्रदान गरेिएकाे छ ।
    सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ कार्यालय र १२० वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

    प्रतिकृया दिनुहोस्