काठमाडौं । सिद्धार्थ बैंकर विराटनगरस्थित ह्यारिसन प्यालेसबीच बैंकका ग्राहकलाई छुट दिने सम्झौता भएको छ । बुधबार बैंक र प्यालेसबीच बैंकका डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग, इन्टरनेट बैैंकिङ्ग ग्राहकलाई छुट दिने सम्झौता भएको हो ।
उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रदेश १ प्रमुख कमल बस्नेत तथा ह्यारिसन प्यालेसका तर्फबाट निर्देशक शोभाना दुगरले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले ह्यारिसन प्यालेसमा बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग मार्फत होटल बसाई सेवाको भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट र खानाको भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले ग्राहकहरुलाई डिजिटल बैंकिङ्ग माध्यमतर्फ प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।
सिद्धार्थ बैंकका ग्राहकलाई विराटनगरको ह्यारिसन प्यालेसमा २० प्रतिशतसम्मको छुट
आर्थीकसंसार संवाददाता१ भदौ, २०७९
१ भदौ, २०७९- महालक्ष्मी विकास बैंकको महिला उद्यमी सशक्तीकरण योजना
- नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरुलाई लाइफ सपोर्टको तालिम
- महिला फुटबल खेलाडीलाई कृषि विकास बैंकको सहयोग
- प्रभु महालक्ष्मी लाइफको एमडीआरटी सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न
- बैंकिङ कसुरमा पक्राउ परेका प्रभु बैंकका डेपुटी सीईओ न्यौपानेसहित १० जना छुटे हाजिर जमानीमा
- नबिल बैंकको ऋणपत्र सूचीकृत, बिहीबारदेखि किनबेच गर्न मिल्ने
- ग्लोबल आइएमईले सातवटै प्रदेशमा गर्यो वित्तीय साक्षरता कार्यक्रम, चार हजार बढीको सहभागिता
- ग्रीन डेभलपमेन्ट बैंकको सञ्चालकमा श्रेष्ठ नियुक्त
- नेप्सेमा सिटिजन लाइफको बोनश शेयर सुचिकृत
- शिखर इस्योरेन्सले डाक्यो साधारण सभा, फागुन २७ गतेदेखि बुक क्लोज