काठमाडौं । प्रभु क्यापिटलले आपm्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । यही मिति ३१ साउन २०७९ का दिन प्रभु क्यापिटल तथा एक्सप्रेस ईट्सका बीचमा समझौता भएको छ । यस योजना अन्र्तगत प्रभु क्यापिटलका हितग्राही ग्राहकले एक्सप्रेस ईट्सबाट अनलाईन अर्डर गरी सेवा लिदा १० प्रतिशत छूट पाउने भएका छन् । यो योजनाबाट लाभ लिन ग्राहकले CHECK OUT of BILL Payment गर्दा PROMO CODE df “PRABHUCAP10” उल्लेख गर्नुपर्नेछ ।
यसै गरी यस क्यापिटलको हितग्राही ग्राहकले पाउने अर्को बिशेष अफर अन्र्तगत ROADHOUSE PIZZA, बत्तीसपुतली, काठमाडौंबाट समेत सेवा लिदा १० प्रतिशत छूट पाउने भएका छन् । यो योजनाबाट लाभ लिन हितग्राहीले CHECK OUT या BILL Payment गर्दा प्रभु क्यापिटलको हितग्राही भएको उल्लेख गर्नुपर्नेछ । हाल प्रभु क्यापिटलले २ लाख १५ हजार माथि हितग्राही ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
प्रभु क्यापिटलको हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको सम्बन्धमा
आर्थीकसंसार संवाददाता३१ साउन, २०७९
३१ साउन, २०७९