काठमाडौं । गत आ.व. को चौथो त्रैमासिक अवधि (२०७८ आषाढ मसान्त) सम्ममा कम्पनीको कुल सञ्चालन आय रु. ३५ अर्ब ९३ करोड ५६ लाख ८३ हजार रहेकोमा चालु आ.व. को सोही अवधि (२०७९ आषाढ मसान्त) सम्ममा रु. १ अर्ब ९५ करोड ४२ लाख ७५ हजार (अर्थात ५.४४ प्रतिशत) ले वृद्धि भई रु. ३७ अर्ब ८८ करोड ९९ लाख ५८ हजार रहेको छ ।
त्यसैगरी कम्पनीको गत आ.व.को चौथो त्रैमासिक अवधि (२०७८ आषाढ मसान्त) सम्मको कुल आय रु. ४२ अर्ब २० करोड ९९ लाख ३ हजार रहेकोमा चालु आ.व. को सोही अवधि (२०७९ आषाढ मसान्त) सम्ममा कुल आय रु. २ अर्ब ११ करोड १४ लाख ५४ हजार (अर्थात् ५ प्रतिशत)ले बृद्धि भई रु. ४४ अर्ब ३२ करोड १३ लाख ५८ हजार रहेको छ ।
त्यसै कम्पनीको गत आ.व. को चौथो त्रैमासिक अवधि (२०७८ आषाढ मसान्त) सम्मको खुद मुनाफा रु. ७ अर्ब १२ करोड ९४ लाख ४१ हजार रहेकोमा चालु आ.व. को सोही अवधिसम्ममा (२०७९ आषाढ मसान्त ) मा रु. १ अर्ब २५ करोड ६ लाख ४७ हजारले वृद्धि भई रु. ८ अर्ब ३८ करोड ८८ हजार रहेको छ ।
त्यसैगरी कम्पनीको गत आ.व.को चौथो त्रैमासिक अवधिसम्मको तुलनामा चालु आ.व.को सोही अवधिसम्मको खुद मुनाफामा परिवर्तन हुनुको प्रमुख कारणहरु निम्नानुसार रहेकोः–
४.०१ कार्य सञ्चालन आयमा वृद्धिः
• Data सेवाको प्रयोगमा वृद्धि भएका कारण GSM Data तर्फ करिब रु. ५० करोड वृद्धि भएको
• 4G सेवाको व्यापक विस्तार गरिएका कारण GSM Voice सेवाको प्रयोग वृद्धि भई करिब रु. २ अर्ब ५५ करोड वृद्धि भएको ।
४.०२ कार्य सञ्चालन आयमा कमीः
• अन्तरआबद्धता सम्बन्धी निर्देशिका अनुसार Domestic अन्तरआबद्धता शुल्क (Tariff ) मा कमी आएको र OTT सेवाको बढ्दो प्रयोगका कारण अन्तरआबद्धता आयमा करिब रु. ७० करोडले कमी भएको ।
• Wireless सेवाको प्रयोगमा वृद्धि भएसँगै Wireline सेवाको प्रयोग घटेकोले राजस्वमा करिब रु. २१ करोडले कमी आएको ।
• CDMA सेवा GSM सेवामा प्रतिस्थापन गरिएको हुँदा करिब रु. १२ करोडले कमी आएको ।
४.०३ गैर कार्य सञ्चालन आयमा भएको परिवर्तनः
• बैंक ब्याजदरमा भएको परिवर्तनका कारण ब्याज आम्दानी करिब रु. ७७ करोडले वृद्धि भएको ।
• विदेशी विनिमय दरमा भएको परिवर्तनका कारण करिब रु. ३७ करोड Foreign exchange Gain भएको ।
• कम्पनीको लेखा नीति तथा IFRS/NFRS बमोजिम Impairment तथा Finance Cost मा गत आ.व.मा भन्दा कमी आएको ।
नेपाल टेलिकमको आ.व.२०७८/७९ को चौथो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक
आर्थीकसंसार संवाददाता३१ साउन, २०७९
३१ साउन, २०७९