News Portal

  • नेपाल इन्स्योरेन्सको स्वामित्वमा रहेको एनसीसी बैंकको संस्थापक शेयर बिक्री खुला

    आर्थीकसंसार संवाददाता२ असोज, २०७७
    ९९८ पटक
    २ असोज, २०७७

    काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले बिक्री गर्न लागेको संस्थापक समूहको शेयर आजबाट विक्री खुल्ला भएको छ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको एनसीसी बैंकको ५ लाख कित्ता शेयरप्रति कित्ता न्यूनतम मूल्य १ सय १० रूपैयाँमा बिक्री गर्न लागेको जनाएको छ ।
    उक्त शेयर खरिद गर्न इच्छुक संस्थापकहरू वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले आजबाट कार्तिक ६ गतेसम्म न्युनतम एक हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
    आवेदकहरूले बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा आइपुग्ने गरि आवेदन पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्