News Portal

  • नवलपरासीको किर्तिपुरमा सनराइज बैंकले निर्माण गर्यो चौतारी

    आर्थीकसंसार संवाददाता२९ साउन, २०७९
    ५९३ पटक
    २९ साउन, २०७९

    काठमाडौं । सनराइज बैंकले नवलपरासीको सुनवल वडा नं ०३ स्थित किर्तिपुर–०२ नं मा चौतारीको निर्माण गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चौतारी निर्माण गरेको जनाएको छ ।
    स्थानियहरु विश्राम गर्ने, समाजका विभिन्न छलफल, भेला तथा कार्यक्रमहरु हुने उक्त चौतारीको निर्माणले समाजमा अतुलनिय योगदान पु¥याएको नगर प्रमुख बिमला अर्यालले बताएकी छिन्।
    बैंकले हरेक वर्ष आफ्नो नाफाको १ प्रतिशत संथागत सामाजिक उत्तरदायित्वमा खर्च गर्दै आएको र गत वर्ष मात्र पनि १५० भन्दा बढी कार्यक्रहरु गरेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्