News Portal

  • नेकपामै गैरजिम्मेवारपन देखिएको प्रधानमन्त्री ओलीको दावी

    आर्थीकसंसार संवाददाता२० साउन २०७७
    ४७४ पटक
    २० साउन २०७७

    साउन २०, काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमण बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट देखिएका छन् । उनले कोरोना भाइरस संक्रमण बढिरहँदा आफ्नै पार्टी नेकपाका नेताहरुमा समेत गैरजिम्मेवारपन देखिएको दावी गरेका छन् ।
    प्रधानमन्त्री केपी शर्मा ओली ओलीले केही व्यक्ति र संस्थामा समेत गैरजिम्मेवार देखिएपछि कोरोना भाइरस संक्रमण बढ्न थालेको बताएका छन् ।

    मंगलबार विज्ञहरुसँग भएको छलफलमा प्रधानमन्त्री ओलीले भने, ‘केही संस्था, व्यक्तिमा गैरजिम्मेवारपन देखिन्छ । त्यो अन्त खोज्न गइरहनु पर्दैन, मेरै पार्टीमा देखिन्छ ।’ प्रधानमन्त्री ओलीले दावी गरेका छन् ।

    कोरोना भाइरस संक्रमण बढेसँगै यसको नियन्त्रणका लागि भन्दै सरकारले ‘२५ जनाभन्दा बढी जम्मा हुन नपाउने गरी निर्देशन नै दिएको छ । प्रधानमन्त्री ओलीले सो कुराको समेत पालना गर्नुपर्नेमा केन्द्रीय कमिटी बैठकको माग गर्नु जायज नभएको भन्दै देश र जनताप्रति गम्भीरपूर्वक लाग्नुपर्ने बताएका छन् । हाल नेकपामा झण्डै ४५० जनाको केन्द्रीय कमिटी छ ।

    प्रतिकृया दिनुहोस्