News Portal

  • प्रभु बैंक लिमिटेड र लोकहित डेन्टल हस्पिटलका बीच आकर्षक छुटसम्बन्धी सम्झौता

    आर्थीकसंसार संवाददाता२४ साउन, २०७९
    ५१६ पटक
    २४ साउन, २०७९

    काठमाडौं । प्रभु बैंक लिमिटेड र लोकहित डेन्टल हस्पिटल प्रा .लि का बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख श्री भेष राज धमला त्रिशुली लोकहित डेन्टल हस्पिटल प्रा.लि. तर्फबाट अध्यक्ष डा.गणेश साह द्घारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । प्रभु बैंक र उक्त प्रा.लि.बीच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरुले लोकहित डेन्टल हस्पिटल प्रा .लिद्धारा सञ्चालित सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ । यद्यपि बिल रकम रु ५०० भन्दा कम भएमा छुट प्रदान नहुने जानकारी गराइन्छ ।
    उतm सम्झौताअन्तर्गत लोकहित डेन्टल हस्पिटल प्रा .लि.का मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, लोकहित डेन्टल हस्पिटल प्रा .लि.का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

    प्रतिकृया दिनुहोस्