News Portal

  • एनआईसी बैंकले भाका नाघेका कर्जाहरूको आश्विनसम्मको सबै रकम चुक्ता गरे ब्याजदर घटाउने

    आर्थीकसंसार संवाददाता१ असोज, २०७७
    ११४५ पटक
    १ असोज, २०७७

    काठमाडौं । एनआईसी एशिया बैंकले भाका नाघेका कर्जाहरूको आश्विनसम्मको सबै रकम चुक्ता गरे ब्याजदर घटाउने भएको छ ।
    जसअनुरुप २०७७ श्रावण मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाका नाघेका कर्जाहरूको २०७७ आश्विन मसान्तसम्मको साँवा तथा ब्याज रकम सोही मसान्तभित्र चुक्ता गरेमा साविकको ब्याजदरलाई घटाई १ कार्तिक २०७७ देखि लागू हुनेगरी ८.९९ प्रतिशत ब्याजदर कायम गरिने बैंकले जनाएको छ ।
    बैंकबाट मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालू पुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरूलगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गरेका सम्पूर्ण योग्य ग्राहकहरुले यस योजनामा सहभागी भई समयमै अतुलनीय फाइदाको लाभ उठाउन सक्ने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्