News Portal

  • डिशहोममा १ वर्षको रिचार्ज गरेका कुल बहादुर घिसिङले पाए एक लाख रुपैयाँ

    आर्थीकसंसार संवाददाता२२ साउन, २०७९
    ८३० पटक
    २२ साउन, २०७९

    काठमाडौं । डिशहोममा १ वर्षको रिचार्ज गर्दा तामाकोशी गा पा २, डाडां गाउँ कुल बहादुर घिसिङ तमाङले एक लाख रुपैयाँ पाएका छन् । कम्पनीले ल्याएको १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने योजना अन्तर्गत उनले सो मात्राको रकम जितेका हुन् ।
    तमाङले श्याम इलेक्टोनिक्स इलेक्टिक डिलर अन्तरगत रहेको जेडीओएल ९ का रबिन्द इलेक्टोनिक्स का डिलर दाईकोमा एक वर्ष रिचार्ज गरेर कुल बहादुरले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका थिए ।
    विजेता तमाङलाई डिशहोमको तर्फबाट रिजनल सेल्स म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर मिलन लुईटेलले पुरस्कार रकम हस्तान्तरण गरेका हुन् ।
    डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । साथै यो अफर अन्तर्गत रिचार्ज गर्नेमध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद एक लाख रुपैयाँ जित्ने अवसर पाउने छन् ।
    लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिन्छ ।

    प्रतिकृया दिनुहोस्