News Portal

  • सानिमा बैंकको ताप्लेजुङ्ग र कोहलपुरमा दुई नयाँ शाखा विस्तार

    आर्थीकसंसार संवाददाता१ असोज, २०७७
    १११७ पटक
    १ असोज, २०७७

    काठमाडौं । सानिमा बैंकले ताप्लेजुङ्ग र कोहलपुरमा आफ्नो ८१औं र ८२औं शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा विस्तार गरेको छ ।
    ताप्लेजुङ्ग जिल्ला, फुङलिङ्ग नगरपालिका–५ स्थित ताप्लेजुङ्ग शाखाको समुद्घाटन फुङलिङ्ग नगरपालिकाका मेयर क्षेत्रपति प्याकुरेल र ताप्लेजुङ्ग जिल्लाका प्रमुख जिल्ला अधिकारी जरेन्द्र चापागाईंले संयुक्त रुपमा गरेका थिए । यस्तै बाँके जिल्ला, कोहलपुर नगरपालिका–११ एनटिभि रोडस्थित कोहलपुर शाखाको समुद्घाटन कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर राउत र कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारीले संयुक्त रुपमा गरेका थिए ।
    यी शाखाहरु संचालनमा आएसँगै सो क्षेत्रका बासिन्दाहरुलाई गुणस्तरीय बैंकिङ्ग सेवामा सहज पहुँच हुने विश्वास आफूहरुले लिएको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्